Home » » सन् २०१२ इतिहासकै गर्मी वर्ष, समुद्रको सतह अहिलेसम्मकै उच्च

सन् २०१२ इतिहासकै गर्मी वर्ष, समुद्रको सतह अहिलेसम्मकै उच्च

Written By Unknown on Monday, August 12, 2013 | 1:36 AM

बितेको वर्ष सन् २०१२ दुइ सय वर्ष यताकै सबैभन्दा गर्मी वर्षमध्येको एक रहेको वैज्ञानिकहरुले बताएका छन् । अमेरिकी मौसम विज्ञान समाजले सार्वजनिक गरेको तथ्यांक अनुसार विश्वमा तापक्रमको अभिलेख राख्न थालेको सन् १८०० को मध्य देखि यताका वर्षहरुको तापक्रमको तुलना गर्नेहो भने सन् २०१२ बढि तापक्रम रेकर्ड गरिएको वर्षमा आठौँ स्थानमा आउँछ ।
 अमेरिकी राष्ट्रिय सामुदि्रक तथा वायुमण्डलीय प्रशासनको अगुवाइमा भएको अनुसन्धानका क्रममा विश्वका विभिन्न देशका वैज्ञानिकहरुले विभिन्न देशमा गरेको जलवायु सम्बन्धि अनुसन्धानका नतिजाको समेत विश्लेषण गरिएको थियो । यस आधारमा सन् २०१२ मा पृथ्वीको भूमि तथा समुद्रको तापक्रम सन् १९८१ देखि २०१० सम्मको औषत तापक्रमको तुलनामा ०.१४ देखि ०.१७ डिग्री सेल्सियस बढि देखियो । सन् २०१२ मा अमेरिका र अर्जेन्टिनामा भने इतिहासकै सबैभन्दा उच्च तापक्रम रेकर्ड भयो ।
अमेरिकी राष्ट्रिय सामुदि्रक तथा वायुमण्डलीय प्रशासनका कार्यकारी प्रमुख क्याथि्रन सुलिभानले एक विज्ञप्तीमा भनेका छन्, ‘सन् २०१२ मा जलवायु परिवर्तनका केही दीर्घकालीन लक्षण देखिए । कार्वनको मात्रा वायुमण्डलमा बढिरहेको छ, समुद्री सतह बढिरहेको छ, ध्रुविय हिउँको तह पातलिँदै छ र यो ग्रह समग्रमा तातो बनिरहेको छ ।’
अध्ययनले अर्को भयानक तथ्य के पनि पत्ता लगाएको छ भने ध्रुविय क्षेत्रको तापक्रम पृथ्वीको अन्य क्षेत्रको तुलनामा दोब्बरले बढिरहेको छ । ध्रुविय सागर -आर्कटिक सी) को हिउँको मात्रा निकै साँघुरिँदै छ । ध्रुविय सागरको स्याटेलाइट तस्वीर लिन सुरु गरिएको पछिल्लो ३४ वर्षमध्ये सन् २०१२ मा ध्रुविय हिमसागरको आकार सबैभन्दा खुम्चिएको पाइएको छ ।
सामुदि्रक सतहको तापक्रमको हिसाबले सन् २०१२ इतिहासकै ११ औँ गर्मी वर्ष बनेको छ भने समुद्रको सतह अहिलेसम्मकै उच्च तहमा पुगेको छ । पछिल्लो दुइ दशकमा समुद्रको सतहमा प्रतिवर्ष ३.२ मिलिमिटरले बढेको अनुसन्धानले देखाएको छ ।
स्टेट अफ द क्लाइमेट नाम दिइएको उक्त रिपोर्ट अनुसार कार्वन डाइअक्साइड, मिथेन तथा नाइट्रस अक्साइड जस्ता हरित गृह ग्यासको मात्रा वायुमण्डलमा बढिरहेकेा छ । सन् २०१२ मा ९.७ मिलियन टन कार्वन वायुमण्डलमा उत्सर्जन भएको छ । वायुमण्डलमा कार्वन डाइअक्साइडको मात्रा २.१ पिपिएमले बढेर ३९२.६ पिपिएम पुगेको छ । जबकी कतिपय ध्रुविय क्षेत्रमा वायुमण्डलको मात्रा ४ सय पिपिएम नाघेको पाइएको छ

Via: Onlinekhabar.com
Share this article :

Post a Comment