Home » » मंसिर ४ मा चुनाव नभए नेपालमा चुनावै हुँदैन : नेपाल

मंसिर ४ मा चुनाव नभए नेपालमा चुनावै हुँदैन : नेपाल

Written By Unknown on Monday, August 12, 2013 | 2:28 AM


अर्जुन राजवंशी

२८ साउन, विराटनगर । नेकपा एमालेका बरिष्ठ नेता माधवकुमार नेपालले आगामी मंसिर ४ गते निर्वाचन नभए नेपालमा कहिल्यै पनि संविधानसभा निर्वाचन हुन नसक्ने दावी गर्नु भएको छ । नेकपा एमाले प्रचार विभाग मोरङले सोमवार विहान विराटनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा नेता नेपालले निर्वाचित सरकारबाट मुलुक चलाउनका लागि मंसिर ४ मा निर्वाचन हुनै पर्ने बताउनु भयो ।


बाध्यतात्मक परिस्थितिमा प्रधानन्यायाधीशको नेतृत्वमा सरकार गठन गर्नु परेको उल्लेख गर्दै उहाँले दलहरुको नेतृत्वमा देश सञ्चालन गर्न निर्वाचन अपरिहार्य भएको बताउनु भयो । नेता नेपालले अन्तर्राष्ट्रिय समुदायको सदिच्छा पनि मंसिर ४ मै निर्वाचन होस भन्ने रहेकाले पनि दोस्रो संविधानसभाको चुनाव सफततापूर्वक सम्पन्न गरी जनताको भावना अनुसार संविधान निर्माणमा जुट्नु पर्नेमा जोड दिनु भयो ।

उहाँले निर्वाचनको माहौल तयार गर्न समानुपातिक सिट संख्या थप्न तथा मतदाता नामावली पुनः दर्ता प्रक्रिया सञ्चालन गर्ने जानकारी दिनुभयो । अहिले असन्तुष्ट दलहरुले विभिन्न माग राखेर निर्वाचनलाई असर गर्नु भन्दा पनि निर्वाचन गराउन सहयोग गर्नुपर्ने नेपालको भनाई थियो । उहाँले मोहन वैद्य नेतृत्वको मोर्चासंग छलफल र वार्ता भईरहेकोले चाँडै निष्कर्षमा पुग्ने जानकारी समेत दिनु भयो । नेपालले भन्नुभयो,’आफ्ना असन्तुष्टिहरु धम्कीको भाषा प्रयोग गर्नु हुँदैन । जनताको मन जितेर पुरा गर्नु पर्छ ।’

Share this article :

Post a Comment