Home » » कुनै पनि हालतमा निर्वाचन हुन्छ : प्रचण्ड

कुनै पनि हालतमा निर्वाचन हुन्छ : प्रचण्ड

Written By Unknown on Sunday, August 18, 2013 | 3:19 AM

२ भदौ, जनकपुरधाम । एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दोस्रो संविधानसभाको निर्वाचनको मिति तोकिसकिएकाले त्यसमा कुनै फेरबदल नहुने बताउनुभएको छ ।
prachanda
आइतवार जनकपुर विमानस्थलमा पत्रकारहरुसंग कुराकानी गर्दै प्रचण्डले असन्तुष्ट दलहरुसँग सकारात्मक वार्ता भएकाले मङ्सिर ४ गते नै निर्वाचन हुनेमा कुनै शङ्का नरहेको स्पष्ट गर्नुभयो ।
“उपेन्द्र यादवले नेतृत्व गरेको मोर्चालाई जसरी पनि निर्वाचनमा सहभागी गराउन आवश्यक रहेकाले उहाँसँग पनि सकारात्मक कुरा भएको छ” अध्यक्ष दाहालले भन्नुभयो-”वैद्यजीसँग पनि सरकारको वार्ता भइरहेको छ भने भोलि मेरो पनि कुराकानी हुनेछ र निर्वाचनमा वैद्य समूहले भाग लिनेबारे टुङ्गो लाग्नेछ ।” रासस
Share this article :

Post a Comment