Home » » कुटपिटबाट एक युवकको मृत्यु

कुटपिटबाट एक युवकको मृत्यु

Written By Unknown on Sunday, August 18, 2013 | 3:23 AM

२ भदौ, रोल्पा । गएराति रोल्पाको इरिबाङ गाविस–२ मा कुटपिटबाट सोही ठाउँका स्थायी बासिन्दा गणेश बुढाको मृत्यु भएको छ ।
शनिबार घिउ खाने सङ्क्रान्तिको अवसरमा मिलाइएको पिङका कारण सामान्य विवाद हूँदा २१ वर्षीय बुढालाई गाउँकै केही युवकले कुटपिट गरी हत्या गरेको प्रहरीले जनाएको छ । गाउँकै युवाको एकआपसको सामान्य विवादले उग्ररुप लिएपछि कुटपिट हुँदा उनको घटनास्थलमा नै मृत्यु भएको प्रहरी नायब निरीक्षक मोहनबहादुर साउदले जानकारी दिए ।
घटनाको थप विवरण भने नआइपुगेको प्रहरीको भनाइ छ । थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालबाट प्रहरी नायब निरीक्षक वीरेन्द्रवीरविक्रम विकको नेतृत्वमा प्रहरीको एक टोली घटनास्थलतर्फ लागेको साउदले जानकारी दिए । रासस
via Nepali headlines
Share this article :

Post a Comment